बाग्मतीका मुख्यमन्त्रीले पद छाडे

बाग्मतीका मुख्यमन्त्रीले पद छाडे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट आज उनले मुख्यमन्त्री छाडेका हुन् । 

मुख्यमन्त्री पदमा रहेकै अवस्थामा पाण्डे धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले ३५ हजार ९३४ मत ल्याएका थिए । एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका थिए । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई हिजो शपथ ग्रहण गरेपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

टिप्पणीहरू