शपथको भोलिपल्टै एकनाथ फिलिपिन्सतर्फ
एमालेको तर्फबाट समानुपातिक सांसद बनेका एकनाथ ढकाल आज फिलिपिन्सको राजधानी मनिला गएका छन् । पहिले परिवार दलका अध्यक्ष रहेका ढकाल अहिले एमाले सांसद भएका हुन् ।
हिजो सांसद पदको शपथ ग्रहणपछि आज उनी फिलिपिन्स उडेका हुन् । दिउँसो साढे २ बजेको समयमा उनी कार्गो उडानमा आएको विमानबाट मनिला गएको उनी निकटस्थ स्रोतको दाबी छ । सेन्चुरियन एअर कार्गोको विमानको उडान नम्बर डब्लुई ३२० बाट ढकाल उता गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले पुष्टि गरेको छ ।
टिप्पणीहरू