रविको नयाँ ‘स्टन्ट’ : पार्टी कार्यालयमा सिइओ नियुक्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदको शपथ खाएको २४ घण्टापछि पार्टी कार्यालयको निम्ति प्रमुख कार्यकारी अधिकृत (सिइओ) को विज्ञापन खुलाए । उनले चितवनस्थित पार्टी कार्यालयमा रहेर काम गर्न सिइओको दर्खास्त खुलाएका हुन् ।
नेपाली नागरिकता र राहदानीसँगै अमेरिकी नागरिकता र राहदानी बोकेको आरोप लाग्दै आएका उनै लामिछानेले सिइओको निम्ति विदेशमा बसेका नेपालीलाई प्राथमिकता दिइने उल्लेख गरेका छन् । घण्टी चुनाव चिन्ह रहेको रविको पार्टीको सिइओका लागि तोकिएका शर्तपछि विभिन्न टिकाटिप्पणी भएका छन् ।
अढाई दशकदेखि बेलायतमा बस्दै आएका अधिवक्ता तथा लेखक सुरेन्द्र नेपाल श्रेष्ठ भन्छन्, ‘जे मन लाग्यो त्यही भनेर पनि मुलुक चल्छ ? विधायक भएपछि बोलिने र लेखिने विषयको छुट्टै महत्व र ओज हुने भएकाले रविको सूचना उनको नागरिकता र राहदानीझैँ विवादमा तानिएको छ ।’
आफूले विरोधका लागि विरोध नगरेको र रविको होश खुलाउन खोजेको उल्लेख गर्दै श्रेष्ठले भनेका छन्, ‘उनीजस्तै देश फर्कन चाहने बित्तिक्कै सिइओ हुन योग्य को हुन्छन् ? अनि त्यस्ता कति जना नेपाली छन् ? फेरि लामो समय विदेश बसेर स्वदेश फर्कनेमध्ये अधिकांशको विदेशी नागरिकता हुने भएकाले उनले कस्तो मान्छे खोजेका हुन् ?’
उनीजस्तै देश फर्कन चाहने बित्तिक्कै सिइओ हुन योग्य को हुन्छन् ? अनि त्यस्ता कति जना नेपाली छन् ? फेरि लामो समय विदेश बसेर स्वदेश फर्कनेमध्ये अधिकांशको विदेशी नागरिकता हुने भएकाले उनले कस्तो मान्छे खोजेका हुन् ?
‘रविजस्तै व्यक्ति नेपाली तर नागरिकता विदेशी भएकाले नेपालमा काम गर्न कुनै अनुमति लिन नपर्ने हुन्छ र ?’ उनले सोधनी गरेका छन् । आफू लामो समयदेखि बेलायत बसेको,विदेशी नागरिकता लिएको तर मन नेपाली भएकाले आफूजस्तै विदेशी नागरिकता भएकालाई कसरी नो भीसा भनियो भन्नेबारे पनि स्पष्ट पार्न सुरेन्द्रले आग्रह गरेका छन् ।
सिइओको निम्ति पेश हुने अधिकांश निवेदनमाथि छानबिन र निर्णय गर्ने एकल अधिकार सभापति लामिछानेमाथि नै हुने भएकाले त्यसको निश्पक्षताबारे पनि धेरैले शंका गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनै श्रेष्ठ सोध्छन्, ‘आकर्षक तलब सुविधा भनेको कति हो ? त्यसको मुख्य स्रोत के हो ?’
लामिछानेसँग सुरेन्द्रले सोधेका छन्, ‘बेलायत बसेको २६ वर्ष पुग्यो । मेरो त सिभी तयार नै छ । अलि भरपर्दो जवाफ आए बिना तलब सुविधा आफैंले टिकट लिएर पार्टी कार्यालयमै भेट्न आउने छु । एयरपोर्ट आइराख्न पनि परेन ! धन्यवाद !’
लामिछानेले स्वदेशमा बस्नेसँग भोट मागे पनि अहिले विदेशमा बसोबास गर्नेलाई यता आउन आग्रह गरेका छन् । एक सय ६५ जनालाई नेपालमा फ्रि भीसा र टिकटसहित आकर्षक तलब र सुविधा दिने उल्लेख गरेका छन् । सोचेकोभन्दा बढी सुविधा पाउनेगरी सिइओको विज्ञापन गर्नुलाई अरु पार्टीले अनुसरण गर्लान् वा नगर्लान् त्यो भने आगामी दिनले बताउने छ ।
टिप्पणीहरू