आफ्नो महाकाव्य हराएको एमाले अध्यक्षको दाबी
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले जेलमा बस्दा लेखिएको महाकाव्य हराएको जानकारी दिनुभएको छ । पोखरामा भइरहेको साहित्य महोत्सवमा गरिएको साहित्यिक सम्वादमा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य जेलबाटै हराएको उल्लेख गर्नुभयो । एक अर्को सन्दर्भमा उहाँले चुरोटको खोलमा कविता लेखेर जेलभित्रै सुनाउने गरेको पनि साहित्यकारहरुमाझ बताउनुभयो ।
उहाँको भनाइ थियो, ‘जेलमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिए जस्तो लाग्थ्यो, अरुले फ्याँकेको चुरोटको खोलमा कविता लेखेर जेलभित्रै धेरैलाई सुनाइयो ।’ जेलरकै विषयमा कविता लेखेपछि उनले कापी र कलमको व्यवस्था गरिदिएको उहाँको भनाइ थियो ।
टिप्पणीहरू