कांग्रेस सभापतिलाई नेविसंघको दुई बुँदे पत्र
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पारिदिन काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई दुई बुँदे ज्ञापनपत्र बुझाउँदै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सञ्चालन गर्ने क्रममा केही विषयहरु अस्पष्ट हुँदा त्यसलाई स्पष्ट पारिदिन आग्रह गरेका हुन् ।
अस्पष्ट विषयले समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले भावी दिनमा समेत थप जटिलता आउन सक्ने बताएका छन् ।
पहिलो बुदाँमा भनिएको छ, ‘रिक्त स्थानमा पूर्तिको सन्दर्भमा ३२ वर्षको उमेर हदबन्दी आकर्षित हुँदा वर्तमान समय वा केन्द्रीय अध्यक्षको जिम्मेवारी प्राप्त गरेको मितिलाई आधार मान्ने ।’
त्यस्तै, नेविसंघको प्रदेश, जिल्ला, क्षेत्र, विश्वविद्यालय, पालिकालगायत संरचनामा स्थानीय तहका जनप्रतिनिधिसमेत रहेका विद्यार्थी नेता चयन र उम्मेदवारी अस्पष्ट रहेको बताइएको छ ।
टिप्पणीहरू