प्रधानमन्त्री भेट्न महन्थ बालुवाटारमा
राष्ट्रपतिले दिएको सरकार गठनको समयसीमा घर्किंदै जाँदा राजनीतिक भेटघाटले तीब्रता पाएको छ । प्रतिनिधिसभामा कुनै पनि दलको बहुमत नहुँदा सरकार गठनको सबै सम्भावना रहेकाले विभिन्न पार्टीका नेताहरु आन्तरिक तथा वाह्य भेटघाटमा सक्रिय भएका हुन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच आज अपरान्ह भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा सत्ता समीकरणबारे छलफल भएको बुझिएको छ ।
संसदमा चार सीट रहेको लोसपा काँग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धनमा सहभागी हुन चाहन्छ । त्यसका लागि पार्टी अध्यक्ष ठाकुरले गठबन्धनका शीर्ष नेताहरुलाई भेटिरहेका छन् ।
आजको भेटमा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।
टिप्पणीहरू