विरोध हैन वार्ता गर : कलाकार संघ

विरोध हैन वार्ता गर : कलाकार संघ

नेपाल चलचित्र कलाकार संघले चलचित्र विकास बोर्ड र चलचित्र संघलाई फिल्म प्रदर्शन र सेन्सरका विषयमा वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेको छ । संघले विरोध कार्यक्रमभन्दा वार्तातर्फ अग्रसर हुन अनुरोध गरेको बताइएको छ । 

चलचित्र क्षेत्रका विभिन्न संस्थाहरुले आफ्ना समस्या र मागहरु हालसम्म चलचित्र विकास बोर्डमार्फत नै समाधान गर्ने र सम्बोधन गराउने परम्पराको स्मरण गराउँदै संघले वार्ताद्वारा समस्या समाधान गर्न भनेको छ । विरोध कार्यक्रम घोषणा गर्ने चलचित्र कलाकार संघको विज्ञप्तिप्रति पनि संघले आफ्नो ध्यानाकर्षक भएको जनाएको छ । 

एक साताअघि बोर्ड अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै फिल्म सेन्सर गर्नुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता खेल गतिविधिहरु हलमा देखाउन नपाइने बताएका थिए । त्यसलगत्तै चलचित्र संघले बोर्डविरुद्ध विरोध कार्यक्रम घोषणा गर्दै कुनै हालतमा वार्ता नहुने बताएको थियो ।

त्यसैले, संघले विरोध कार्यक्रमभन्दा वार्ताद्वारा समस्याको समाधानतर्फ उन्मुख हुन अपिल गरेको हो ।

टिप्पणीहरू