प्रधानमन्त्रीलाई महिला सांसदको सुझाव : सरकारको नेतृत्व नछाड्नुहोला

प्रधानमन्त्रीलाई महिला सांसदको सुझाव : सरकारको नेतृत्व नछाड्नुहोला

नेपाली काँग्रेसका महिला सांसदहरूले नयाँ सरकार पनि नेपाली काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले उक्त सुझाव दिएको बताइएको छ । 

उनीहरूले निर्वाचनमा जनतालाई काँग्रेसकै नेतृत्वमा सरकार बन्ने आश्वासन दिइएको, जनताले सोही आधारमा काँग्रेसलाई मत दिएकाले अहिले सबैभन्दा ठूलो पार्टी बनेको सन्दर्भ नबिर्सन उनीहरुले आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, ‘हालको गठबन्धन नभत्काइ काँग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्छ ।’

प्रत्युत्तरमा सभापति देउवाले सोही विषयमा गठबन्धनमा कुरा भइरहेको उल्लेख गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हिजोका दिनमा हामी सरकारमा जादैनौं भनेको थियौं तर जानुपर्ने अवस्था आयो । भोलिका दिनमा पनि त्यस्तै अवस्था आउन सक्नेछ ।’

टिप्पणीहरू