मोबाइल सेट आयातमा कडाई, पुस १५ गतेदेखि एमडीएमएस लागु
नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले उक्त व्यवस्था लागु गरिएको बताइएको छ ।
प्राधिकरणले चोरिएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न यसअघि नै उक्त सिष्टमलाई परीक्षणको रूपमा लागु गरेको थियो । आज जारी सूचनामा भन्सारमा घोषणा नभएका मेबाइल सेटहरु पुस १५ गतेभित्र दर्ता गर्न आह्वान गरिएको छ ।
विदेशबाट आफ्नो साथमा ल्याइएका मोबाइल सेटहरूको (१५ डिजिटको आईएमईआई नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार प्रज्ञापन पत्र लिएर प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरिएको छ ।
टिप्पणीहरू