क्रिसमस बिदा : पहिले क्यालेण्डरमा, अहिले क्याबिनेटमा
सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । क्रिस्चियन धर्मावलम्बीहरुको पर्व क्रिसमसको उपलक्ष्यमा भोलि मुलुकभर र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा बिदाको घोषणा गरिएको छ ।
गृह मन्त्रालयले हिजोको क्याबिनेटबाट भोलि बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ । आज जारी सूचनामा पुस १० गतेका दिन क्रिसमसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
यसअघि गत बैशाखमा जारी सरकारी निकायका क्यालेण्डरमा भोलि सार्वजनिक बिदा उल्लेख छ । सरकारले प्रत्येक नयाँ वर्ष शुरु हुनु अगावै चैत महिनामा राजपत्रमा सार्वजनिक बिदाको सूची प्रकाशित गर्ने गरेको छ ।
टिप्पणीहरू