प्रधानमन्त्रीबारे बालुवाटारमा छलफल

प्रधानमन्त्रीबारे बालुवाटारमा छलफल

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठक केही बेरअघि सुरु भएको बताइएको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा भोलि अपरान्ह ५ बजे सकिँदैछ । सो अगावै ‘पावर सेयरिङ’ को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । 

गठबन्धनमा आवद्ध दुई प्रमुख दल काँग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको बेलामा गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

बैठकमा काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, एकीकृत समाजवादीकातर्फबाट अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू