प्रचण्डले प्रधानमन्त्रीको सम्भावना गुमाउन लागेको एमाले अध्यक्षको दाबी

प्रचण्डले प्रधानमन्त्रीको सम्भावना गुमाउन लागेको एमाले अध्यक्षको दाबी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो निर्णय गरेकाले उहाँको प्रधानमन्त्री हुने चाहना र लक्ष्य अपुरो हुने सम्भावनातर्फ बढेको दाबी गर्नुभएको छ । उचित समयमा उचित कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने चाहनामाथि आफैँले तुषारापात हुन लागेको उहाँको भनाइ छ ।

एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नुभएको हो । यता सत्ता गठबन्धनमा नयाँ सरकार गठनको अधिकतम प्रयास भइरहेको र प्रचण्ड आफैँ प्रधानमन्त्रीको दौडमा रहनुभएको अवस्थामा अध्यक्ष ओलीले उक्त दाबी गर्नुलाई अर्थपूर्ण मानिएको छ । 

‘उहाँको प्रधानमन्त्री हुने इच्छा समयले नै समाप्त पारिदिएको छ । समयमा कदम नचाले मुलुक पुनः मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावना छ । उहाँको प्रधानमन्त्री बन्ने चाहना चाहनामै सीमित हुने अवस्था देखिएको छ,’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू