यही गठबन्धनले सरकार बनाउने,देउवा या प्रचण्डवारे भोलि टुंगो लाग्ने

यही गठबन्धनले सरकार बनाउने,देउवा या प्रचण्डवारे भोलि टुंगो लाग्ने

भर्खरै बालुवाटारमा सम्पन्न सत्ता गठवन्धनको बैठकले यही समीकरणको आधारमा नयाँ सरकार बनाउने र अन्य विकल्पमा नजाने निर्णय गरेको छ । 

जनमोर्चा,लोसपा र एकीकृत समाजवादीले विकल्पवारे अन्यथा सोच्न पनि नसकिने र त्यो अवस्थामा कसैले गर्ने दावीलाई आफ्नो समर्थन नरहने प्रतिक्रिया जनाएसङ्गै यही समीकरणलाई कायम राख्ने सहमति जुटाएर बालुवाटार बैठक भर्खर सकिएको छ ।

आगामी सरकारको नेतृत्व देउवा या प्रचण्डमध्ये कसले गर्ने भन्ने कुराको चाहिँ टुंगो लाग्न बाँकी छ । प्रधानमन्त्री देउवाले यसवारे साथीहरूसङ्ग सल्लाह गर्ने बताउनु भएको छ भने प्रचण्डले नेकपा बिभाजनपूर्वको अवस्थामै त्यतिबेलाको दोस्रो ठूलो पार्टी काङ्ग्रेसलाई आफूहरूले अवसर दिएको र डेढ बर्ष त्यसले निरन्तरता पाएको हुँदा अबको पालो स्वभाविक रुपमा माओवादीको हुने दावी प्रस्तुत गर्नुभएको थियो । नेताहरुवीचको सघन सम्वाद आज राती पनि जारी रहने छ ।

टिप्पणीहरू