हेटौंडामा शपथग्रहण बिहीबार, दुई घण्टा अगाडि पुग्नुपर्ने
बागमती प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आगामी बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको बताइएको छ ।
अघिल्लो दिन ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम राखिएको छ । भोलिपल्ट जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।
प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन प्रदेश सांसदहरुलाई सूचित गरेको छ । सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको छ वटा फोटो साथमा ल्याउनुहोला ।’
मातृभाषामा शपथ लिन चाहने सांसदले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिनअघि नै उपलब्ध गराउनुपर्ने छ । बाग्मती प्रदेश सभामा १०९ सांसद छन् ।
टिप्पणीहरू