बालुवाटार बैठकअघि खुमलटारमा गहन छलफल

बालुवाटार बैठकअघि खुमलटारमा गहन छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान गठबन्धन दलको बैठक डाकिएको छ । आज अपरान्ह ५ बजेसम्म नयाँ सरकार गठनको निम्ति बहुमत दाबी गर्ने समयसीमा तोकिएकाले बालुवाटारको पछिल्लो बैठकलाई धेरैले चासोका साथ हेरेका हुन् ।

बालुवाटारमा हिजो अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म बसेको गठबन्धन बैठकले आगामी प्रधानमन्त्रीबारे निर्णय गर्न नसकेपछि आज बिहान १० बजेलाई बैठक बोलाइएको हो । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अडान नछाडेपछि गठबन्धनको निरन्तरतामाथि पनि प्रश्न चिन्ह उठेको बताइएको छ ।

सोही सन्दर्भमा अहिले निर्णायक ढंगल प्रस्तुत हुन अध्यक्ष दाहालको निवास खुमलटारमा बिहान माओवादी केन्द्रका नेताहरुको बैठक बसेको हो । बैठकमा अध्यक्ष दाहालका साथै नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, वर्षमान पुन, देव गुरुङ, जनार्दन शर्मा र पम्फा भुसालको उपस्थिति थियो । बैठकले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व माओवादीले गर्ने अडानबाट पछि नहट्ने निर्णय गरेको बुझिएको छ ।

टिप्पणीहरू