लुम्बिनीको शपथग्रहण देउखुरीमा

लुम्बिनीको शपथग्रहण देउखुरीमा

लुम्बिनी प्रदेश सभाका सांसदहरुको शपथग्रहण दाङ, देउखुरीमा हुने भएको छ । बुटवलमा रहेको अस्थायी राजधानी दाङमा सारेपछि यस पटकको शपथग्रहण उतै गर्न लागिएको बताइएको छ ।

राजधानी दाङमा स्थानान्तरणको काम भइरहेकाले प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने तयारी भएको हो । बुटवलमा रहेका सबै मन्त्रालय स्थापना र संसद भवन सिंगार्ने काम भइरहेको बताइन्छ । 

देउखुरीमा प्रदेश सरकारका १३ वटा मन्त्रालयमध्ये छ वटा मन्त्रालय प्रशासनिक परिसरभित्र र बाँकी मन्त्रालय परिसर बाहिर स्थापना गरिएका छन् । तत्कालीन राप्ती प्राविधिक शिक्षालयमा प्रदेश सरकारको प्रशासनिक केन्द्र राखिएको छ ।

शपथग्रहण कार्यक्रम आगामी २१ गतेभित्र गराइने बताइएको छ । त्यसपछि औपचारिक रुपमा देउखुरीबाट प्रदेश सरकारले सेवा प्रदान गर्नेछ ।

टिप्पणीहरू