माधव नेपाल भेट्न सिके राउत बिहानै कोटेश्वरमा

माधव नेपाल भेट्न सिके राउत बिहानै कोटेश्वरमा

नयाँ सरकार गठनका लागि दलहरुबीच विभिन्न पक्षीय छलफल चलिरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउतले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । गठबन्धन सरकारमा जान इच्छुक देखिएका राउत अध्यक्ष नेपाललाई भेट्न बिहान ९ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए। 

दुई नेताबीच झण्डै एक घण्टा लामो कुराकानी भएको बताइएको छ ।

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत  कुनै पनि दलको बहुमत नभएकाले सरकार गठनमा निर्णायक स्थितिमा रहेको छ । पहिलो पटक संसदमा पुगेका राउत शक्तिशाली मन्त्रालय लिएर सरकारमा जाने तयारीका साथ प्रमुख पार्टीका शीर्ष नेताहरुसंग लगातार भेटघाटमा छन् ।
 

टिप्पणीहरू