राजेन्द्र लिङ्ग्देन र रवि लामिछाने बालकोटमा,एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै
सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्कनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निवास खुमलटार पुग्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालुवाटारबाट सिधै बालकोट गएको भनिएपनि उहाँ खुमलटार जानुभएको हो । १ बजेतिर बालुवाटारबाट बाहिरिनुभएका अध्यक्ष प्रचण्डले साढे १ देखि पौने २ बजेसम्म खुमलटारमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसंग छलफल गर्नुभएको छ ।
लगत्तै उहाँ निवासबाट उपाध्यक्ष र महासचिवलाई लिएर बालकोटतिर लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रचण्ड बालकोट पुग्नुभएको छ ।
टिप्पणीहरू