१२ सीटसहितको जसपाका अशोक राई पनि बालकोटमा,देउवाको निम्तो प्रचण्डद्वारा अस्वीकार

१२ सीटसहितको जसपाका अशोक राई पनि बालकोटमा,देउवाको निम्तो प्रचण्डद्वारा अस्वीकार

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेसँगै वैकल्पिक मोर्चाको प्रयास शुरु भएको छ । एमाले, माओवादीसहितका दलहरुले अर्को गठबन्धन बनाउने तयारी अघि बढाएका छन् । 

राष्ट्रपतिले दिएको सरकार गठनको समयभित्रै बहुमत जुटाएर प्रधानमन्त्री दावी गर्ने गरी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल चलिरहेको छ । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजेन्द्र लिङ्ग्देन,अशोक राई र रवि लामिछानेलाई समेत राखेर छलफल चलिरहेको छ । 

यसअघि रास्वपा अध्यक्ष रवि लामिछाने,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन र जसपा नेता अशोक राईले ओलीसंग भेटवार्ता गरेका छन् । ओली-प्रचण्ड छलफललगत्तै चार दलको बैठक बस्ने तयारी छ । यसवीच शेरबहादुर देउवाले फोन गरेर फेरि छलफल गर्न बोलाउँदा प्रचण्डले इन्कार गर्नुभएको छ ।

टिप्पणीहरू