चकमन्न बालुवाटार,बाल्कोटमा लाग्यो घाम

चकमन्न बालुवाटार,बाल्कोटमा लाग्यो घाम

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण शुरु भएको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेका गठबन्धनका नेताहरु आज अन्तिम समयसम्म पनि सहमति जुटाउन असफल हुँदा राजनीतिक माहौल नै परिवर्तन भएको हो । 

राजनीतिमा नयाँ कित्ताबन्दी शुरुभएसँगै बिहानसम्म भीडभाड रहेको प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । अहिले त्यहाँ नेपाली काँग्रेसका केही नेता मात्र छलफलमा छन् । 

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफैँले लिने,अरु कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओली निवास बालकोट पुगेसङ्गै राजनीतिक ध्रुवीकरण भएको हो । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि एमाले,माओवादी,रास्वपा,राप्रपा र जसपाका शीर्ष नेताहरुको छलफल जारी छ । 

छलफलमा ओली र प्रचण्डसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जसपाका नेता अशोक राई सहभागी भएकोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले छुट्टै छलफल गरेका छन् । 

पाँच दलबीच सहमति जुटाएर आजै सरकारमा दावी पेश गर्ने सम्भावना प्रबल छ । यता निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस भने राष्ट्रपति र प्रधानमन्त्री दुबैमा लोभ गर्दा प्रतिपक्षमा पुग्ने लगभग पक्का देखिएको छ । रास्ट्रपति,सरकार,प्रदेशहरु सबैबाट काङ्ग्रेसलाई सोझै घाटा पर्ने देखिएको छ ।

टिप्पणीहरू