दिल्ली र बेइजिङबाट प्रचण्डलाई हिजै बधाई
हिजो साँझ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी मित्रराष्ट्र चीन र भारतले साँझ बधाई दिएका छन् । उहाँलाई आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने कार्यक्रम छ ।
मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई हिजै बधाई दिएपछि भारत र चीन विश्वका झण्डै दुई सय वटा मुलुकमध्ये पहिलो र दोश्रो भएका छन् । एमाले,माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा,जसपा,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सामेल भए दुई तिहाइको बहुमत पुग्ने देखिन्छ ।
टिप्पणीहरू