माओवादीको जोड अर्थमा,५ दल आजै सरकारमा सामेल

माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएर सत्ता गठबन्धनको बैठक शुरु हुन लागेको छ । माओवादी आगामी सरकारमा कुनै हालतमा अर्थ मन्त्रालय र सञ्चार मन्त्रालय आफ्नो पक्षमा राख्ने योजनामा देखिन्छ । एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेलको पनि उक्त मन्त्रालयमा दाबी छ । यस्तोमा बिष्णु,नारायणकाजी र बर्षमानवीच अर्थ,परराष्ट्र र गृह बाँडफाड हुने सम्भावना छ ।

गठबन्धनमा २० सीटसहित सहभागी भएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहितको भाग खोजेको छ । रविले काँग्रेस सभापति तथा निवर्तमान हुन लाग्नुभएका प्रधानमन्त्री देउवासँग केही दिनअघि प्रधानमन्त्री मागेको थियो । 

ओलीले भन्नुभयो, ‘सँधै तपाईंले अरुलाई प्रधानमन्त्री बनाएँ भन्दै आउनुभएको छ, आजदेखि मैले तपाईंलाई बनाएँ है !’

यता माओवादीको तर्फबाट वर्षमान पुनः फेरि मन्त्री बन्ने सम्भावना उत्तिकै रहेको छ । स्वास्थ्यको कारणबाहेक अरु हिसाबले उहाँ मन्त्री नहुन कुनै असम्भव नरहेको एक जना पदाधिकारीले जानकारी दिए । 

आजसम्म एमालेले राष्ट्रपति र सभामुख बाहेक अन्य बटमलाइनबारे केही कुरा नगरेको माओवादी पदाधिकारी बैठकमा बिफ्रिङ गरिएको छ । एमाले अध्यक्ष ओलीले हिजो अध्यक्ष प्रचण्डलाई बधाई र शुभकामना दिने क्रममा ‘सँधै तपाईंले भन्ने गरेको कुरो आज म भन्छु’ भन्नुभएको थियो । सोही सन्दर्भ उठाउँदै ओलीले भन्नुभयो, ‘सँधै तपाईंले अरुलाई प्रधानमन्त्री बनाएँ भन्दै आउनुभएको छ, आजदेखि मैले तपाईंलाई बनाएँ है !’

टिप्पणीहरू