प्रदेश १ का ६ सांसदले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने

प्रदेश १ का ६ सांसदले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने

प्रदेश नं. १ का ६ सांसदले आज आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेशका ९३ जना सांसदमध्ये ५ जनाले लिम्बु र १ जनाले थारु भाषामा शपथ ग्रहण गर्न लागेका हुन् । प्रदेशका ९३ जना सदस्यलाई ज्येष्ठ सदस्य गयानन्द मण्डलले शपथ गराउने भएका छन् । 

मण्डललाई प्रदेश प्रमुख पशुराम खापुङले साढे १२ बजे शपथ गराएपश्चात् उनले सदस्यहरुलाई साढे १ बजे शपथ गराउने जनाएको छ । गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यको शपथ सकिएसँगै प्रदेश सरकार निर्माण थाल्ने दलहरुले जनाएका छन् ।

टिप्पणीहरू