प्रचण्डलाई अमेरिकाको पनि बधाई

प्रचण्डलाई अमेरिकाको पनि बधाई

नेपालको सत्ता समीकरणमा प्रत्यक्ष चासो राख्दै राजनीतिक भेटघाटमा सक्रिय रहँदै आएको अमेरिकी दूतावासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राजदूत डी.आर. थम्प्सनले आज बधाई दिएका हुन् । 

आफ्नो बधाई सन्देशमा राजदूत थम्प्सनले प्रचण्डको प्रधानमन्त्रीत्वकालमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वाससमेत व्यक्त गरेका छन् । ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ’, सामाजिक सन्जाल ट्वीटरमा उनले उनले लेखेका छन् । 

प्रचण्डलाई छिमेकी मुलुक चीन र भारतले हिजै बधाई दिएका थिए ।

टिप्पणीहरू