राउतले काठमाडौँमा ठूलो भाग नखोज्ने,मधेसमा नछोड्ने
एमाले-माओवादी गठबन्धनमा सहभागी भै प्रचण्ड नेतृत्वको सरकारमा जाने तयारीमा रहेको जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री दाबी गरेको छ । आज संघीय संसद भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा सो पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका हुन् ।
केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी नगर्ने पनि उनले प्रष्ट पारे । राउतको पार्टीले प्रतिनिधिसभामा १ प्रत्यक्ष र ५ समानुपातिकसहित ६ सिट जितेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी उनले सप्तरी- २ बाट जितेका हुन् ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दलका रूपमा आएको जनमत पार्टी त्यहाँको सत्ता समीकरणमा निर्णायक रहेको छ ।
टिप्पणीहरू