वृद्धवृद्धाहरुलाई अपहेलना गरिएको कुरो उठ्यो

वृद्धवृद्धाहरुलाई अपहेलना गरिएको कुरो उठ्यो

आज दोस्रो वर्ष ज्येष्ठ नागरिक दिवस मनाईंदैछ । वि.सं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

२०७८ जेठ ११ गते बसेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बैठकले ‘ज्येष्ठ नागरिक दिवस’ मनाउने निर्णय गरेको थियो । सोही अवसरमा मन्त्रालयले गत वर्षदेखि बिबिध कार्यक्रम आयोजना गरेर मनाउन थालेको छ ।

यो वर्ष ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ उक्त दिवस मनाउन थालिएको मन्त्रालयको ज्येष्ठ नागरिक शाखाले जनाएको छ । मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको समन्वयमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

कार्यक्रममा ज्येष्ठ नागरिकको सेवासुविधासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिने बताइएको छ । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन मानिन्छ । तर, पछिल्लो समय ज्येष्ठ नागरिकहरु घरपरिवारबाटै अपहेलित हुँदै आएका समाचार धेरै सुनिएको छ ।

उनीहरुको हक अधिकारको निम्ति विभिन्न संघसंस्थाले थुप्रै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । नेपाल सरकारले पछिल्ला दिनमा सामाजिक सुरक्षा भत्तासहित अन्य सेवासुविधाको सुनिश्चितता गर्दै आइरहेको छ ।

टिप्पणीहरू