मन्त्री बन्नुअघि रन्जिता डिल्लीबजार कारागारमा
जेलमा रहेका पूर्वसांसद रेशम चौधरीकी श्रीमतीले आज बिहान श्रीमानसँग भेटघाट गरेकी छन् । नयाँ सरकारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले रेशमसँग एक घण्टा कुराकानी गरेको कारागार प्रशासनले जनाएको छ ।
‘रञ्जिताजी बिहान ८ बजे आएर ९ बजेतिर निस्कनुभएको हो । उहाँहरुबीच के कुराकानी भयो,त्यो चाहिँ थाहा भएन,’ स्रोतले भनेको छ । उक्त पार्टी आज संघीय सरकारमा सहभागी हुँदैछ । मन्त्रालय,सम्भावित मन्त्री र आगामी कार्यबारे चौधरी दम्पतीबीच छलफल भएको नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले बताएका छन् ।
डिल्लीबजारको छलफलपछि रञ्जिता ११ बजेदेखि सिंहदरबारमा भएको गठबन्धनको बैठकमा सामेल भएकी थिइन् । उक्त पार्टीबाट रञ्जिता मन्त्री बन्ने लगभग पक्का रहेको बताइन्छ ।
टिप्पणीहरू