भारतीय अर्थमन्त्री अस्पताल भर्ना
भारतको संघीय सरकारकी अर्थमन्त्री निर्मला सिथारमणलाई अस्पताल भर्ना गरिएको छ । उहाँलाई राजधानी नयाँ दिल्लीको अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को प्राइभेट वार्डमा भर्ना गरिएको छ ।
भारतीय अखबार द हिन्दुको अनलाइनले दिएको जानकारी अनुसार उहाँलाई आज मध्यान्ह अस्पताल भर्ना गरिएको हो । ६३ वर्षीया सिथारमणलाई अस्पताल भर्ना गर्नुको कारणबारे सरकार र अस्पताल दुबैले केही पनि जानकारी दिएका छैनन् ।
टिप्पणीहरू