शीतल निवास बाहिर ट्राफिक जाम,भारतीय राजदूत सबैभन्दा पहिले पुगे

प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण हुनुअगाडि राष्ट्रपति भवन,शीतल निवास बाहिरको सडकमा सवारी साधनको लामो लाइन लागेको छ । समारोहमा आमन्त्रित पाहुनाहरुको सवारीका कारण ट्राफिक जाम भएको बताइएको छ ।

साढे ३ बजेदेखि पाहुनाहरु शीतल निवास पुग्न थालेका छन् । कार्यक्रम ४ बजेलाई तोकिएको छ । यसबीच काठमाडौंस्थित विदेशी मुलुकका कूटनीतिज्ञहरु पनि त्यहाँ पुगेका छन् । 

विदेशीमध्ये नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सबैभन्दा पहिले शीतल निवास छिर्नुभएको बताइएको छ ।

टिप्पणीहरू