मधेशका सांसदलाई शपथसँगै यौटा-यौटा ल्यापटप

मधेशका सांसदलाई शपथसँगै यौटा-यौटा ल्यापटप

मधेशको प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरुलाई ल्यापटप वितरण गर्ने भएको छ । 

शपथ ग्रहणको तयारी भइरहेका बेला सचिवालयले सबै सांसदलाई ल्यापटप वितरण गर्न लागेको हो । ‘ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरिएको छ,खरिद प्रक्रिया पूरा भइपछि वितरण गर्ने छौँ,’ सचिवालयका सचिव रञ्चितकुमार यादवले भने । 

१०७ सिट रहेको मधेश प्रदेशसभा सचिवालयले १०७ वटै ल्यापटप वितरण गर्ने जनाएको छ । उक्त ल्यापटप प्रदेशसभा सदस्यहरुलाई फिर्ता गर्नु नपर्ने गरी वितरण गरिने छ ।

प्रदेशसभा सदस्यलाई शपथ ग्रहणसँगै प्रदेश सभाको लोगो र ल्यापटप वितरण गर्ने सचिवालयको तयारी छ ।

टिप्पणीहरू