माओवादी गुरिल्ला प्रधानमन्त्रीमा नियुक्त : सीएनएन

माओवादी गुरिल्ला प्रधानमन्त्रीमा नियुक्त : सीएनएन

अमेरिकी समाचार संस्था केबुल न्युज नेटवर्क (सीएनएन) ले प्रधानमन्त्रीमा नियुक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘पूर्व माओवादी गुरिल्ला’ को संज्ञा दिएको छ । हिजो प्रधानमन्त्रीमा नियुक्त उहाँलाई तत्कालीन हिन्दू राजतन्त्रविरोधी गुरिल्लाको उदाहरण दिइएको छ । 

प्रचण्डको अर्थ आफैँमा ‘डरलाग्दो’ भएको सीएनएनले उल्लेख गरेको छ । उनै डरलाग्दा प्रचण्डलाई विपक्षी एमालेले आधा आधा कार्यकाल भागको नेतृत्व गर्ने सहमतिमा प्रधानमन्त्रीमा समर्थन गरेको अमेरिकी समाचार संस्थाको विश्लेषण छ । 

६८ वर्षे प्रचण्ड हिजो दिउँसो अचानक काँग्रेससँगको गठबन्धन परिवर्तन गरेर राज्य शक्तिमा उदाएको समाचारमा उल्लेख छ । बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डको माग अस्वीकार गरेपछि उनले क्याम्प परिवर्तन गरेको सीएनएनले बताएको छ ।

टिप्पणीहरू