"नक्कली नागरिकता" बोक्नेलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्र्पति भवनअगाडि नाराबाजी,४ जना पक्राउ

"नक्कली नागरिकता" बोक्नेलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्र्पति भवनअगाडि नाराबाजी,४ जना पक्राउ

आज अपरान्ह शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण सकिने बेलातिर राष्ट्रपति भवन बाहिर प्लेकार्ड देखाउँदै नाराबाजी गरेको अभियोगमा केही युवा पक्राउ परेका छन् । चार जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर महाराजगन्ज चौकीतिर कुदाएको छ ।

उप प्रधानमन्त्रीहरुको शपथग्रहण सकिनै लाग्दा उनीहरुले बाहिर नाराबाजी गरेका थिए । नक्कली नागरिकतामा प्रहरीबाट मुध्दा चलिरहेको पात्रलाई मुद्दा ढिसमिस पार्न गृहमन्त्रीको जिम्मेवारी दिएको विरोधमा उनीहरुले नारा लगाएका हुन् । 

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ता भनिएका उनीहरुलाई प्रहरीले तत्काल भ्यानमा राखेर लगेको हो । आज गृहमन्त्रीको शपथग्रहण गरेका रविमाथि अमेरिकी नागरिकता र राहदानीसँगै नेपाली नागरिकता र राहदानी बोकेको आरोप लाग्दै आएको छ ।

टिप्पणीहरू