बियर होइन, बोतलमा प्रतिबन्ध लगाउने गाउँपालिकाको चेतावनी

बियर होइन, बोतलमा प्रतिबन्ध लगाउने गाउँपालिकाको चेतावनी

लमजुङको दोर्दी गाउँपालिकाले बियरलगायत सिसाका बोतलमाथि प्रतिबन्ध लगाउने भएको छ । गाउँपालिकाले होटल तथा रेष्टुरेण्टमा रहेका बियरलगायत सिसाका बोतलहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ । 

विभिन्न रेष्टुरेण्ट तथा होटलमा बियर तथा पेय पदार्थको बोतल थुप्रिएकाले उक्त निर्णय गर्नुपरेको गाउँपालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए ।

कम्पनीले बोतल फिर्ता नलैजाँदा गाउँपालिका कुरुप बन्दै गएको उनको भनाइ छ । ‘होटल, रेष्टुरेण्टले बिक्री वितरणका लागि बियर, पेय पदार्थहरु राख्छन्,’ उनले भने, ‘पछि सम्बन्धित कम्पनीले बोतल नै फिर्ता लैजाँदैनन् । जसले गर्दा गाउँपालिकामा बोतल थुप्रिएको छ । बोतल व्यवस्थापन गर्न गाउँपालिकालाई नै सास्ती भइसकेको छ ।’

होटल तथा रेष्टुरेण्टले बियर तथा सिसाको बोतल व्यवस्थापन नगरेमा वा नहटाएमा ती सामग्री बिक्री वितरणमा नै रोक लगाइने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू