प्रचण्ड क्याबिनेटको पहिलो बैठक सिंहदरबारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाउनुभएको छ । आज अपराह्न शपथ लिनुभएका उहाँले साँझ क्याबिनेट बैठक राख्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ६ बजे बैठक बस्ने प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्री र चार मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन् ।
त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
टिप्पणीहरू