प्रचण्डको अघिपछि सुरक्षाको झन ठूलो ताँती
आज अपरान्ह प्रधानमन्त्री पद तथा गोपनीयताको शपथग्रहणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाउनुभएको छ । उहाँ साँझ शीतल निवासबाट बाहिरिँदै गर्दा सुरक्षा निकायले औपचारिक रुपमा उहाँको सवारीलाई अघि बढाएको थियो ।
त्यसअघि शीतल निवास प्राङ्गणमा भएको शपथग्रहण समारोहमा विशिष्ट अतिथिहरुको उपस्थिति थियो । मुख्यगरी भूतपूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपालको कुर्सी सँगै थियो ।
मञ्चमा निवर्तमान हुन लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा एकछिन बसेर निस्कनुभयो । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गरेपछि उहाँसँग हात मिलाउनुभयो ।
टिप्पणीहरू