देउवाका कानुनी सल्लाहकार पनि सर्वोच्चको छेउबाट विदा

देउवाका कानुनी सल्लाहकार पनि सर्वोच्चको छेउबाट विदा

महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पद छोडेका हुन् । 

सरकार फेरिएसँगै महान्यायाधिवक्ता पनि फेरिने प्रचलन छ । खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेश गरेका हुन् । 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार नियुक्त गर्नुभएको थियो ।
 

टिप्पणीहरू