१२ बर्षे बालक हात बाँधिएको अवस्थामा रुखमा झुण्डिन सम्भव छ ?

१२ बर्षे बालक हात बाँधिएको अवस्थामा रुखमा झुण्डिन सम्भव छ ?

१२ बर्षका बालबालिकाले समेत आत्महत्या गर्ने गरेका घटनाहरु यदाकदा नसुनिएको होइन । यस्तै घटना भएको छ हेटौँडा उपमहानगरपालिका वडा नं १६ बाबरे डाँडामा । झुण्डिएर आत्महत्या गरेका भनिएका बालकको हात बाँधिएको फेला परेपछि घटनाले अर्कै मोड लिन थालेको छ ।

झुण्डिएको अवस्थामा फेला परेका १२ बर्षीय मुस्कान थिङको हात बाँधिएको पाइएपछि अनेक कोणबाट अनुसन्धान शुरु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले बताउनुभयो । ‘हत्या नै हो भन्ने अनुमानका आधारमा सुक्ष्म अध्ययन र अनुसन्धान गरिरहेका छौँ’,एसपी गौतमले भन्नुभयो । शंकास्पद केही मानिसलाई निगरानीमा समेत राखिएको उहाँले बताउनुभयो । 

झुण्डिएको शवलाई निकालेर पोष्टमार्टम गरिएको र पोष्टमार्टम रिपोर्ट नआइन्जेल केही भन्न सक्ने अवस्था नरहेको डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो । घटना स्थलमा डाक्टरलाई समेत लगेर देखाइएको उहाँले बताउनुभयो । मृतक मुक्तानसँगै खेल्न गएका र संगत गरेका बालबालिकाहरुसँग पनि कुरा बुझ्ने प्रयास भइरहेको उहाँको भनाई छ । घरबाट ३ सय मीटर पर रहेको सामुदायिक वनको रुखमा कपडाको पासो लगाइएको अवस्थामा मुक्तानलाई फेला पारिएको थियो ।

टिप्पणीहरू