नयाँ गृहमन्त्री रवि लामिछानेविरुध्द नारा लगाउनेहरु भर्खर रिहा
राष्ट्रपति भवन,शीतल निवास बाहिर नवनियुक्त गृहमन्त्री रवि लामिछानेविरुध्द नारा लगाउनेहरु रिहा भएका छन् । नागरिकता विवादमा तानिएका व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको भन्दै नारा लगाउने नेविसंघका चार जना कार्यकर्तालाई प्रहरीले भर्खरै महाराजगञ्ज प्रहरी बृत्तबाट छाडेको छ ।
शीतल निवासमा रविले गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिइरहँदा उनीहरुले बाहिरको मुख्य सडकमा नारा लगाएका थिए । नाराबाजी र प्लेकार्ड बोकेको आरोपमा प्रहरीले नेविसंघका २८ वर्षे भुवन भट्ट,२६ वर्षे मनिष रायमाझी,२८ वर्षे शिवहरि तिमिल्सना र विक्रम आदित्य सिंहलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुमध्ये रायमाझी नेविसंघ सर्लाहीका पूर्व उपसभापति हुन् भने सिंह संघको कास्की समितिका पूर्व सभापति हुन् । त्यसैगरी तिमिल्सिना संघका केन्द्रीय सदस्य रहेको बताइन्छ । उनीहरुलाई महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले साँझ साढे ६ बजे छाडेको छ ।
टिप्पणीहरू