पहिलो क्याबिनेट १५ मीनेट मात्रै
नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक भर्खरै सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठक १५ मीनेटमा सम्पन्न भएको हो ।
साँझ पौने ८ बजेदेखि ८ बजेसम्म भएको बैठकमा तीनै जना उपप्रधानमन्त्रीहरु,विना विभागीय मन्त्रीहरु दामोदर भण्डारी,राजेन्द्र राई,अब्दुल खाँ,ज्वालाकुमारी साह र मुख्यसचिव शंकरदास बैरागीको उपस्थिति थियो ।
टिप्पणीहरू