पहिलो क्याबिनेट बैठकमा उठ्यो परिचयपत्रको कुरा
नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले तीन वटा निर्णय गरेको छ ।
करिब १५ मीनेट बसेको बैठकमा राहदानी,सवारी साधन परिचयपत्र (लाइसेन्स),राष्ट्रिय परिचयपत्रलगायत जनताका दैनिक आवश्यक कागजपत्र सरल,सहज र पारदर्शी तवरले बनाउन आवश्यक कार्य गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी संघीय संसदको बैठक छिटो आह्वानको निम्ति प्रक्रिया थाल्ने र मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको समाधानको निम्ति आवश्यक सुधार गर्ने निर्णय पनि आजको बैठकले गरेको बताइएको छ ।
साँझ पौने ८ बजेदेखि ८ बजेसम्म बसेको बैठकमा तीनै जना उपप्रधानमन्त्रीलगायत सबै मन्त्रीको उपस्थिति रहेको बताइन्छ ।
टिप्पणीहरू