देउवाले उठ्न बिर्सेपछि...

राष्ट्रपति भवन शीतल निवासमा पुष्पकमल दाहाल प्रचण्डको हिजो अपरान्ह शपथग्रहण भइरहेको थियो । संवैधानिक अंगका प्रमुख,विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि,पूर्वप्रधानमन्त्रीलगायत विशिष्ट पाहुनाको बाक्लो उपस्थिति थियो । 

मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गराउन थाल्नुभयो । अरु सबै जर्याकजुरुक उठे । तर, राष्ट्रपतिको बाँयातर्फको कुर्सीमा आसिन प्रधानमन्त्री देउवा अमिलो अनुहार लगाएर बसिरहनुभयो । 

पछाडि उभिएका अंगरक्षकलाई समेत निको नलागेपछि बाध्य भएर उनले देउवाको कान नजिकै मुख लगेर भने, ‘हजुर,उठिबक्स्योस् ।’ त्यो सुन्ने बित्तिक्कै उहाँ जुरुक्क उठ्नुभयो । प्रधानमन्त्रीको शपथग्रहण पनि सकियो । दाहाललाई हात मिलाएर बधाई दिएपछि मञ्चबाट सरासर बाहिरिनुभयो ।

टिप्पणीहरू