कहाँ गयो माला र खादा नलगाउने घोषणा ?

कहाँ गयो माला र खादा नलगाउने घोषणा ?

चितवन-२ बाट निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजोदेखि उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी प्राप्त भएको छ । घण्टी चिन्ह लिएर उठेका उनले चुनावताका र चुनावपछि समर्थक र शुभेच्छुकले खादा तथा माला लगाइदिन खोज्दा ‘काम गरेर नदेखाउञ्जेल’ त्यस्तो केही पनि नभिर्ने भन्दै जताततै घण्टी मात्रै लगाएर  हिंड्ने गरेका थिए ।

तर हिजो गृहमन्त्रीको कुर्सीमा बस्नुअघि उनले बकाइदा माला लगाउँदै कार्यकक्षमा फोटो खिचाएका छन् । आफैँले जनाएको प्रतिबद्धता उनले एक महिना पनि नटिकाएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु भएको छ । ‘यसबीचमा उनले के काम गरेर देखाए र हिजो माला लगाएछन् ?’ एक जनाले कमेण्ट गरे । 

हिजो साँझ मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले गृहसचिव विनोदप्रकाश सिंहसँग बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तसम्बन्धी फाइलबारे चासो राखेका थिए । औपचारिक रुपमा उनको कामको थालनी हिजोबाट शुरु भएको छ । काम कस्तो हुन्छ र परिणाम के आउँछ त्यो भने आगामी दिनले बताउनेछ ।

टिप्पणीहरू