देउवाद्वारा बालुवाटार छाड्नुअघि भारतीय राजदूतसँग भेट

देउवाद्वारा बालुवाटार छाड्नुअघि भारतीय राजदूतसँग भेट

हिजोदेखि निवर्तमान प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवासँग भारतीय राजदूतले भेट गर्नुभएको छ । राजदूत नवीन श्रीवास्तवले देउवासँग बालुवाटारमा आज आधा घण्टाभन्दा बढी समय भलाकुसारी गर्नुभएको हो । 

बालुवाटार स्रोतका अनुसार राजदूत श्रीवास्तव झण्डै पौने १२ बजे त्यहाँ पुग्नुभएको थियो । करिब आधा घण्टा कुरा गरेपछि राजदूत त्यहाँबाट बाहिरिनुभयो ।

देउवा बालुवाटारबाट आफ्नो निवास बूढानीलकण्ठ सर्ने क्रममा हुनुुहुन्छ । उहाँ उता गएपछि विभिन्न सरसफाई र रंगरोगनको कार्य सकाएर नयाँ प्रधानमन्त्री खुमलटारबाट बालुवाटार सर्ने कार्यक्रम छ ।

टिप्पणीहरू