अब मध्यरातमा पनि फिल्म देखाउन पाइने

अब मध्यरातमा पनि फिल्म देखाउन पाइने

सेन्सरको विषयमा चलचित्र संघले विरोध जनाएपछि चलचित्र विकास बोर्ड आफ्नो निर्णयबाट पछि हटेको छ । विवादले उग्र रुप लिएपछि बोर्डले नियम नै परिवर्तन गरेर निर्णय उल्ट्याएको छ । 

बोर्डको हिजो बसेको बैठकले सात दिन अगावै दरखास्त पेश गर्नुपर्ने प्रावधानमा संशोधन गरेर उक्त व्यवस्थालाई चार दिनमा झारेको छ । एक साताअघि नै चलचित्र जाँच (सेन्सर) सिफारिस लिने नियम परिवर्तन गरिएको बोर्डले जनाएको छ । योसँगै स्वदेशी तथा विदेशी चलचित्रले सेन्सरका लागि चार दिन अघि सिफारिस दिनुपर्ने भएको छ । 

त्यस्तै, राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल सञ्चालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरी व्यवसाय सञ्चालन गर्न सक्ने निर्णय गरिएको छ । ‘उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनुपर्ने छ’, बोर्डले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । 

यसअघि राति ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने, त्यसपछि प्रदर्शन गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने र बोर्डलाई जानकारी गराउनुपर्ने प्रावधान थियो ।

टिप्पणीहरू