महान्यायाधिवक्तामा डा. पोखरेल
सरकारको कानुनी सल्लाहकार भनिने महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा पोखरेल महान्यायाधिवक्ता बन्न लागेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्ताको शपथ हुनेछ । पोखरेलले आजै शपथ लिने तयारी छ । न्यायाधीशको समेत दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् । राजनीतिक नियुक्तिका आधारमा हुने महान्यायाधिवक्ता पदबाट खम्बबहादुर खातीले हिजो राजीनामा दिएका थिए ।
महान्यायाधिवक्तामा राष्ट्रिय सभाका पूर्वसांसदसमेत रहेका माओवादी नेता रामनारायण बिडारी, प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता भइसकेका रमणकुमार श्रेष्ठ, तुलसी भट्टलगायतको नाम चर्चामा थियो ।
टिप्पणीहरू