मन्त्रीको पदबहालीपछि गृह मन्त्रालयको निर्देशन ‘४८ घण्टाभित्र सुरक्षाकर्मी फिर्ता गरियोस्’

मन्त्रीको पदबहालीपछि गृह मन्त्रालयको निर्देशन ‘४८ घण्टाभित्र सुरक्षाकर्मी फिर्ता गरियोस्’

गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’  विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । 

कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत हुने गरी सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न गृहले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मातहतका सुरक्षा निकायलाई उक्त कार्यविधिको पालना गर्न अह्राएका हुन् ।

‘कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । 

विशिष्ट व्यक्तिहरुको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू