काँग्रेसले बैठक बोलायो

काँग्रेसले बैठक बोलायो

नेपाली काँगे्रसले केन्द्रीय कार्यसमितको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठक आगामी २२ गते शुक्रबार डाकिएको छ । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्देशानुसार जारी गरेको सूचनामा २२ गते दिउँसो १ बजे पार्टी मुख्यालय, सानेपामा बैठक बोलाइएको हो । बैठकमा तीन वटा एजेण्डा प्रस्तुत हुने पौडेलले जानकारी दिएका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध विषयमा छलफल गर्ने भनिए पनि अस्ति आइतबार दिउँसोबाट उत्पन्न राजनीतिक परिस्थितिपछि नेपाली काँग्रेस सबैतिर प्रतिपक्षमा पुगेको विषय बैठकमा सबैभन्दा पेचिलो हुने जनाइएको छ ।

टिप्पणीहरू