मन्त्रीहरुले आफ्नो क्वार्टर हेरे,सिरक र डसना आफैंले ल्याउनुपर्ने

मन्त्रीहरुले आफ्नो क्वार्टर हेरे,सिरक र डसना आफैंले ल्याउनुपर्ने

हिजो नियुक्त पाँच जना मन्त्रीले पुल्चोकस्थित मन्त्री क्वार्टरको निरीक्षण गरेका छन् । उनीहरुले आफू बस्ने निवाससमेत छनौट गरिसकेको बुझिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने,मन्त्रीहरू राजेन्द्र राई,ज्वाला साह र दामोदर भण्डारीले घर छानेर भोलि पुल्चोक सर्ने बताउनुभएको छ ।

भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको नयाँ आवास भवनको निर्माण कार्य सम्पन्न नभएकाले हाललाई पुरानै क्वार्टरमा नयाँ सरकारका मन्त्रीहरू बस्ने सरकारी अधिकारीहरुले उल्लेख गरे । मन्त्री क्वार्टरमा आवास,फर्निचर, खानेपानी, इन्टरनेटलगायतको सुविधा रहेको तर किचेनका सामान र सिरक,डस्नालगायत भने आफैले व्यवस्था गर्नुपर्ने भएको छ । क्वार्टर बाहिर भाडाका घरमा बस्ने मन्त्रीहरुको निम्ति भने सरकारले घरभाडा, खानेपानी र इन्टरनेटको बील तिरिदिने व्यवस्था छ ।

उता, प्रधानमन्त्री प्रचण्ड भने निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटारको आवास छाडेपछि मात्रै त्यहाँ जाने हुनुभएको छ । उहाँ आफ्नै निवास खुमलटारबाट आउजाउ गरिरहनुभएको छ ।

टिप्पणीहरू