जसपाले दलको नेता चयन गर्ने समय जुरायो
जनता समाजवादी पार्टी (जसपा) ले भोलि संसदीय दलको नेता छान्ने भएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध जसपाले दलको नेता चयनको निम्ति निर्वाचन तालिका बनाएको छ ।
जसपाले निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतकाअनुसार बिहान ११ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । भोलि नै संसदीय दलको नेता टुंगो लाग्ने उनी बताउँछन् ।
बिहान ११ देखि १२ बजेसम्म मनोनयनपत्र दर्ता, १२ देखि साढे १२ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, साढे १ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको छ ।
त्यस्तै, २ बजेसम्म दाबी विरोध, साढे २ बजे अन्तिम नामावली प्रकाशन, साढे ३ बजेसम्म मतदान र त्यसपछि मतदान परिणाम सार्वजनिक गरिने कार्यतालिकामा उल्लेख छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि संघीय परिषद् अध्यक्ष अशोक राई, राजकिशोर यादव दलको नेतामा प्रमुख दाबेदार छन् ।
टिप्पणीहरू