पुस २५ गते संसद बस्ने
प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो ।
हिजो बसेको प्रचण्ड नेतृत्वको पहिले क्याविनेट बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको राष्ट्रपतिले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू